logo
२०८० चैत्र १६ शुक्रवार

मन लोभ्याउने पाँचपोखरी (फोटो फिचर)

फोटो फिचर |
पर्यटन |
पढ्नै पर्ने |


2020-11-02-25818
तस्बीर साैजन्य : माया गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १७ गते । सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरी अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । परम्पराग तामाङ् बस्तीको अवलोकन तथा प्राकृतिक र पर्यावरणीय पदयात्रा दृष्टिले यो क्षेत्र निकै आकर्षक मानिन्छ ।
विश्वका नौवटा उच्च क्षेत्रमा रहेका सिमसारमध्ये पाँचपोखरी पनि पर्न आउँछ । जुन करीब चार हजार एकसय मिटरको उचाइमा रहेको छ । यो क्षेत्रमा जनैपूर्णीमाका बेला हिन्दू तथा बौद्ध धर्मावलम्बीको मेला लाग्ने गर्छ ।
यो क्षेत्रमा पुग्न सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतराबाट सानो ओर्खिन हुँदै र अर्को मेलाम्चीबाट भोटाङ गाउँ हुँदै पुग्न सकिन्छ । चाैतारा बा मेलम्ची जुन रूटबाट गए पनि पाँच पाेखरी पुग्न तीन दिन लाग्छ । सो क्षेत्रको रमणीय दृश्य तथा वनस्पतिहरुलाई महिला आरोही माया गुरुङले क्यामेरामा कैद गर्नुभएको छ ।