logo
२०८१ बैशाख १२ बुधवार

पुरानै शैलीमा काठैकाठका घर, देख्दा चिटिक्क, बस्न न्यानो

फोटो फिचर |
प्रदेश |


2020-11-04-25948


हेमनाथ खतिवडा
रसुवा, कार्तिक १९ गते । रसुवाको चिलिमे क्षेत्रमा गोर्खा भूकम्पले धेरै घर भत्कायो । सो भूकम्पले बस्ती जोखिमयुक्त क्षेत्रमा परे पछि धेरै घर विस्थापित भए । आफ्नो थातथलो गुमाएका यस भेगका बासिन्दाले केही वर्ष छाप्रोमा गुजारे तर अहिले चिटिक्क परेका काठैकाठका घर बनाएर आफ्नै घरमा बस्न थालेपछि उनीहरु दङग छन् ।
पर्यटकीय क्षेत्र उत्तरी रसुवाका विस्थापितहरू पाँच वर्षपछि सुरक्षित आवास पाएर उनीहरू खुसी भएका हुन् । जोखिमयुक्त बस्तीमा परेका गोसाँईकुण्ड गाउँपालिका–१ को थुमन तार्सा र आमाछोदिङमो गाउँपालिका–५ चिलिमेका भूकम्प पीडितले बस्ती अहिले रुपै फेरिएको छ
गोसाँईकुण्ड गाउँपालिका १ को देश्यागाउँ जोखिममा परेपछि जोखिम बस्तीमा परेका सुन्जो तामाङले सरकारी अनुदान लिएर तार्सा गाउँमा काठैकाठको घर बनाउनुभयो । उहाँले भन्नुभयो “पहिले वाल तथा छाना काठैकाठको हुन्थ्यो अहिले पनि त्यस्तै घर बनायौं ।”
स्थानीय टासीपासाङ तामाङले भन्नुभयो ‘जम्मा सात लाख रुपियाँ खर्च गरेर घर निर्माण गरियो । घर बनाउन कामदार ओखलढ्ङ्गाबाट आएका थिए । घर बनेपछि खबै खुशी हुनुहुन्छ ।’ उहाँ भन्न्नुहुन्छ ।, काठको घर न्यानो हुन्छ । गर्मीमा शीतल हुन्छ । यहाँ १४ घर बनेका छन् । उच्च हिमाली क्षेत्रमा काठबाट निर्मित घरले न्यानो दिने भएको हुँदा भूकम्पपछिको पुनर्निर्माणको क्रममा काठको बढी प्रयोग गरेका पाइन्छ । त्यहाँ काठैकाठको चिटिक्क परेका घरदेखेपछि वरिपरिको गाउँबाट हेर्नेहरु धुइरिन थालेका छन् ।
आमाछोदिङमो गाउँपालिका–५ कामीसिदार तामाङ सुकुमबासीको परिवार हो । भूकम्पपछि भाडामा बसेकोमा सुरक्षित घडेरी खरिदका लागि सरकारले दुई लाख रुपियाँ दिएपछि जग्गा किनेर पुरानो शैलीको काठको घर बनाएर बसेको बताउनुभयो । ६१ वर्षिय च्याङवाडुप तामाङले पनि ब्रापचेबाट पहिरोले विस्थापित हुनुभयो । उहाँले भन्न्भयो ‘दिगो समाधान परियोजनाले जग्गा व्यवस्थापनमा सहयोग ग¥यो अहिले टेटाङचेमा घर बनाएको छु ।’ स्थानीय युवा बुनिमा तामाङका अनुसार ब्रापचेमा पहिरोको जोखिममा परेर विथापित भएका १४ परिवारको जग्गा व्यवस्थापन भयो । त्यहाँ सबैले काठकाठका घर बनेका छन् । पहिले ढुङ्गाको घर थियो अहिले काठैकाठको घरमा बस्न पाएर सवै सुखी छन् । घर हेर्न आउने पनि बढेका छन् ।
भूकम्पपछि भूमिहीन तथा विस्थापित परिवारलाई जग्गा व्यवस्थापन गरी पुनर्वासमा सहजीकरण गरिरहेका सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका जिल्ला पैरवी संयोजक विश्वास नेपाली भन्नुहुन्छ, हिमाली क्षेत्रमा चिसो बढी हुने र काठ अभाव नहुने भएकोले अधिकाशं परिवारले काठ प्रयोग गरी घर बनाएका छन् ।
काठको घर बनाउँदा छिटो हुने र सरल हुन्छ । नेपालीका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको थुमनमा १४ परिवार र आमाछोदिङ्मो गाउँपालिकामा ८४ परिवार भूकम्पको कारण विस्थापित भएका परिवारको जग्गा व्यवस्थापन भई पुनर्वास प्रक्रिया अघि बढेको छ । जसमध्ये अधिकाशंले काठको घर निर्माण गरेका छन् ।
लेकाली क्षेत्रमा काठका घर परम्परा नै हो । हिमाली क्षेत्रमा धेरै चिसो हुने हुनाले पहिलेदेखिनै काठको घर बनाउने चलन थियो । सहरबाट निर्माण सामग्री ल्याएर घर बनाउन धेरै खर्चिलो पनि हुने तर गाउँ नजिकैको सामुदायिक वनबाट रोयल्टी तिरेर काठ सस्तो पर्ने हुनाले परम्परागत घर बनाएको बुनिमा तामाङले बताउनुभयो ।
भूकम्पपछि झन् काठ सस्तो परेकोले काठैकाठका घर बनेको च्याङबाडुप तामाङले भन्नुभयो ‘बाउबाजेले पनि यस्तै घर बनाएका थिए । अहिले बल्लतल्ल हामीले पनि काठको घर न्यानो घर बनाउन सक्यौ ।’ आमाछोदिङ्मो गाउँपालिका–५ टेताङचेका बाख्रे तामाङ जग्गा पाएपछि खुशी भएको बताउनुभयो ।
तामाङको हातमा जीवनमा पहिलो पटक लालपुर्जा प¥यो । “रातो लालपुर्जा हात परेपछि निक्कै खुसी हुनुभयो किनभने काठको घर बनाउने धोको थियो ।” आमा र बाबु नै गुमाएका बाख्रेले जीवनमा धेरै दुःख भोग्नुप¥यो । उहाँले भन्नुभयो “गत्लाङ गाउँका मात्र काठको घर देखेको काठको घर बनाएर बस्ने रहर थियो बल्ल पूरा भयो ।”
उहाँ जंगलको गोठमा बस्नुभयो । भे ड, चौरी, गाइबस्तुको हेरचाह गर्नुपथ्र्याे । अरुको खेतीपातीमा ज्यालामजदूरी गरी जीविका धान्दथे । चार भाई छोरा छन् ।  भूकम्पपछि त्यसठाउँमा पहिरोले घरमात्र भत्किएन जमिन बगायो जग्गा जोखिम परेपछि झनै समस्या थपियो । दिगो समाधान कार्यक्रमको टिमले हामीलाई सुरक्षित स्थानमा जग्गा किन्न सहयोग भयो । चारआना जग्गाको लालपुर्जा पाएँ । चिटिक्क काठैकाठको घर पनि बन्यो ।