राजन रावत
हुम्ला साउन २७ गते । यो सिजनमा हिमाली जिल्ला हुम्लाको सिमकोट बिमानस्थलमा एयर ट्राफिक बाक्लाे हुने भएपनि अहिले यस्तो अबस्था छैन । कोरोना कहरले चीनसँगको सिमाना हिल्सा नाका बन्द हुँदा मानसरोवर कैलाशको दर्शन गर्न नसकिने भएपछि यो अबस्था भएको हो ।
यो सिजनमा दैनिक ४० देखि ६५ उडान हुने भए पनि अहिल दश देखि १८ मा झरेको समिट एयर हुम्लाका इनचार्ज गोबिन्द लामाले बताउनुभयो । विगतमा यो सिजनमा एयरलाईन्स र टावरका कर्मचारीलाई बिहानका खाना खाने फुर्सद नहुने भए पनि अहिले त्यो अबस्था रहेको छैन । उहाँका अनुसार कोरोनाको कारण मानसरोवर कैलाशको यात्र्रा बन्द भएको कारण यस्तो भएको हो ।
हाल नेपालजंग र सुर्खेतबाट खाद्यान्न र कार्गोका सामान ढुवानी र केही यात्रु ओसार्ने कार्य मात्र हुँदै आएको छ । बिहान साढे छ बजेबाट बेलुका छ बजेसम्म उडान हुने सिमकोट बिमानस्थल सिजनका आधार सुनसान जस्तै लाग्ने उहाँले बताउनुभयो । अझ त्यसमा सिमकोटबाट हिल्साका लागि पर्यटकहरुलाई हेलिकोप्टरले उडान भर्दा झनै बिमानस्थल व्यस्थ देखिन्थ्यो । अहिले हेलिकोप्ट उडान त फाट्टफुट्ट रुपमा मात्र हुने गरेको छ ।
सबैतिर हरियाली छाएकोले सिमकोट बिमानस्थल भनेर निक्कै रमाईलो देखिन थालेको छ । जति हिउँको सिजनमा हिउको थुप्रोमा हवाई जहाजहरुले ल्याण्ड गर्दा देखिन्थ्यो । अहिले हरियाली र बिमानस्थलमा फुल फुले देखिने दृश्यले मनोरम देखिन थालेको छ ।