logo
२०८२ जेष्ठ २८ मंगलवार

तस्बिरमा गाईजात्रा पर्व

फोटो फिचर |
समाज |


2021-08-23-44988
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ७ गते । भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल हुनुभएकी रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ । यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याऊनूू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ ।