logo
२०८१ बैशाख २५ मंगलवार

निरन्तरको वर्षाले धनुषाको दक्षिणी भेग डुबानमा (फाेटाे फिचर )

फोटो फिचर |
प्रदेश |


2021-08-27-45305


विजयकुमार साह

ढल्केवर, साउन ११ गते ।  बिहीबारदेखि परेको निरन्तरको वर्षाको पानीले धनुषाको दक्षिणी भू भाग डुबानमा परेका छन । जिल्लाको औरही नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेको हो ।

हालसम्म औहरी नगरपालिकाको वडा नम्बर १ को देउरी, परवाहा, वडा नम्बर २ को पौडेश्वर र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ को ओसरा तथा भोइल गाउँ वर्षाको पानीले डुबानमा पारेको स्थानीयबासी अमनराज यादवले बताउनुभयो ।

उहाँकाअनुसार देउरी बजारको बीच सडकमा दुई फिट जति माथि पानी बगिरहेको छ । बजारको पसलहरुमा पानी पसेकाे छ । चाेक तथा सडकमा जता हेरे पनि पानी नै पानी छ, उहाँले भन्नुभयो । सोही ठाउँको माध्यमिक विद्यालय पनि डुबानमा परेको छ ।

अहिले भने बिहानको तुलनामा पानी पर्न केही कम भएको यादव बताउनुभयो । देउरी, परवाहा चौकबाट दक्षिणतर्फको पुरै भाग डुबानमा परेको छ । देउरीको मुख्य सडक तथा ग्रामीण सडक जलमग्न रहेको उहाँले भन्नुभयो । मुख्य सडक जलमग्न भएपछि स्थानीयबासीले सवारीसाधन सञ्चालनमा रोक लगाएको छ यादवले भन्नुभयो । केही सवारीसाधन भने जबरजस्ती चलिरहेका छ ।

बस्ती डुबानमा परेपछि मानिसहरु सुरक्षित स्थानको खोजी गर्न थालेका छन् भने डुबान तथा बाढीबाट उद्दार गर्न स्थानीय प्रतिनिधि तथा सुरक्षाकर्मी नआएको गुनासो स्थानीयवासीले गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृति बन्धुप्रसाद बास्तोलाले बस्ती डुबानमा परे पनि मानवीय क्षति नभएको र उद्दार तथा बस्तुस्थितिबारे बुझ्न सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।