logo
२०८१ मंसिर ८ शनिवार

देशका विभिन्न भागमा धुमधाम साथ छठ मनाइयो (फाेटाे फिचर)

फोटो फिचर |
प्रदेश |


2021-11-10-50277


काठमाडौं, कात्तिक २४ गते । देशका विभिन्न भागमा धुमधामका साथ छठ पर्व मनाइएको छ । बीरगञ्जबाट दिपक गौतमका अनुसार ब्रतालु महिलाहरु अस्ताउदो सूर्यलाई अर्घ दिई छठ मनाएका थिए ।
कपिलवस्तबाट जानु पाण्डेका अनुसार कपिलवस्तुमा अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइएका छन् । दशक अघि देखि सामान्य रुपले मनाउन सुरु भएको छठ पर्वले हाल रौनक बढेको छ ।
कपिलवस्तुमा नोकरीका लागि प्रदेश नं.२ बाट कपिलवस्तु आएका कर्मचारीले मनाउँदै आएका थिए । जसको प्रभाव अहिले जिल्ला भरी फैलिएको छ । हाल छठ पर्वले जिल्लामा एकता र सद्भावको सन्देश दिँदै मैथिली पहाडी र अवधि समुदायलाई जोडेको छ ।
कपिलवस्तुको मधेसी समुदायको बाहुल्यता रहेका क्षेत्र कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिकाका स्थानीयले छठ पर्व मनाएका छन् । कपिलवस्तु र बुद्धभुमी नगरपालिकामा बाणगंगा नदीको रामघाट किनारमा अस्ताउदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइएको छ ।
विशेष गरी पूर्वका मैथिली समुदायले मात्र सिमित छठ पहाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाईएको छ । आराध्य देव सूर्यको आराधना र उपासना गरी मनाईने छठ पर्व आईतवारबाट सुरु भई बिहीबार सम्पन्न हुँदै छ ।