logo
२०८१ बैशाख २६ बुधवार

नाराबाजी र विरोध छल्दै संसद्‍मा एमसीसी पेश (फोटो फिचर)

फोटो फिचर |
राजनीति |


2022-02-20-58214


काठमाडौं, फागुन ८ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीबीच आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पेश भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि पेश गर्नुभएको हो। सम्झौता पेश हुँदै गर्दा संसद्‍मा प्रतिपक्षी दल र सत्ता गठबन्धनकै दलका सांसदले नाराबाजी गर्नुभएको छ।

प्रतिपक्षी दल र सत्ता पक्षका नेताको आक्रोशबीच एमसीसी पेश भएको हो। सम्झौता पेश गर्नुअघि बैठकमा माओवादी, एमाले, जनमोर्चा र नेमकिपाका नेताले आपत्ति जनाउनुभयो। संसद्‍मा एमसीसी पेश हुँदाका गतिविधिलाई गोरखापत्रका फोटो पत्रकार केशब गुरुङले केही दृश्य कैद गर्नुभएको छ :