logo
२०८१ बैशाख १२ बुधवार

आन्दोलनको मारमा सडकको हरियाली (फोटो फिचर)

फोटो फिचर |
समाज |


2022-02-25-58645
नयाँ बानेश्वर क्षेत्रको सडक किनारमा रहेका भाँचिएका बिरुवा । तस्बिर: केशब गुरुङ्ग


काठमाडौं, फागुन १३ गते । राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै तीन कुनेसम्मको सडक खण्डलाई नमुना मानिन्छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बनाएको नमुना सडक क्षेत्र आन्दोलनकारीको पहिरो रोजाइमा पर्छ । अधिकांश आन्दोलन माइतीघरदेखि सुरु भएर नयाँबानेश्वर पुगेर कोण सभामा परिणात हुन्छन् । पछिल्ला दिनमा भने अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी)को विरोधले उक्त सडक तातेको छ ।

सरकारले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेपछि उक्त सडकखण्डमा दैनिक आन्दोलन चर्किराखेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा सडकको किनारमा संरक्षण गरिएका बोटबिरुवा आन्दोलनकारीको निशानमा परेका छन् । आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न भर्खरै हुर्किदै गरेका बोटबिरुवा भाँचेर र काटेर प्रयोग गर्दा अहिले उक्त सडक उजाड बनेको छ । शुक्रबार उक्त सडकक्षेत्रमा पुगेर गोरखापत्र अनलाइनका लागि केशब गुरुङ्गले कैद गर्नुभएका तस्बिर :