logo
२०८१ बैशाख ८ शनिवार

साताका सात तस्बिर

फोटो फिचर |
समाज |


2022-02-26-58703
हिउँले छोपेको नाम्चे क्षेत्रको हिमालय आधारभूत विद्यालय । तस्बिर सागर बस्नेत


हिउँले ढपक्क भरिएको स्कुलबाट घर फर्किदै नाम्चे बजार क्षेत्रका विद्यार्थी । हिउँकै कारण विद्यालय पुग्न नसक्दा चिसो मौसममा पठनपाठन प्रभावित हुने गरेको छ । सोलुखुम्बु जिल्ला नाम्चे बजारको श्री हिमालय आधारभूत विद्यालयबाट घर फर्किदै विद्यार्थी । यो विद्यालय तीन हजार ४४० मिटरको उचाइमा रहेको छ ।सागर बस्नेत

भक्तपुरको बोडेबाट देखिएको तरकारी खेतीको दृश्य । भक्तपुरको बोडेमा उपत्यकाका लागि धेरै तरकारी खेती हुँदै आएको छ । कविता थापा

आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल भएपछि भएको प्रदर्शनमा प्रहरीलाई ढुंगा प्रहार गर्दै एक प्रदर्शनकारी । एमसीसी संसदमा टेबल हुँदै गर्दा नयाँबानेश्वर र बिजुलीबजार क्षेत्र तनावग्रस्त बनेको थियो । सुजन गुरुङ

राजधानीको नयाँ बानेश्वरमा थुप्रिएको फोहोर । ल्याण्डफिल्ड साइटका स्थानीयले विरोध गरेपछि लामो समयदेखि उपत्यकामा फोहोर उठ्न सकेको छैन । सुजन गुरुङ

एमसीसीको विरोधमा बिहीबार नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि प्रहार गरेका ढुंगा । केशब गुरुङ

कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा फाइवस्टार इँट्टा उद्योगमा इँट्टा बनाउँर्दै बालक । जिल्लाका केही इँट्टा उद्योगमा बालबालिकाले काम गरिरहेका छन् । माधव बेल्वासे/रासस

रुसले युक्रेनमा आक्रमण गरेपछि देश छोड्न खार्किभको मेट्रो स्टेशनमा पुगेका सर्वसाधारण । तस्बिर बीबीसी

नयँ बानेश्वर क्षेत्रमा पोलेको मकैको व्यापार । केशब गुरुङ