logo
२०८० चैत्र १६ शुक्रवार

वसन्तपुरमा होली ‘हंगामा' (फोटो फिचर)

फोटो फिचर |


2022-03-17-60093
बेन्टो क्याफेको छतबाट देखिएको बसन्तपुर दरबार स्क्वायर । तस्बिर मनोजरत्न शाही


काठमाडौं, चैत ३ गते । फागु पूर्णिमा अर्थात् होली खेल्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको छ । राजधानीका विभिन्न ठाउँबाट होली खेल्न वसन्तपुर पुग्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको हो । ट्राफिक प्रहरीले सवारी साधनलाई न्युरोड गेटबाट रत्नपार्कतर्फ पठाएको छ । पैदल यात्रुको भीडभाड न्युरोड गेटदेखि वसन्तपुर दरबार क्षेत्रसम्मै छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दुई वर्ष होली खेल्न नपाएका नेपालीले यो वर्ष उत्साहका साथ होली खेलेका हुन् । होलीलाई हिन्दुको रङ्गको चाड फागु पर्वसमेत भनिन्छ । राजधानीलगायत पहाडी जिल्लामा बिहीबार उल्लासका साथ होली मनाइएको हो ।

वसन्तपुर दरबार क्षेत्रमा चिर रथारोहण भएपछि यस पर्वको सुरुवात हुन्छ । होलीका दिन वसन्तपुर क्षेत्रमा नेपालीसँगै विदेशी पर्यटकले पनि विभिन्न रङ्ग दलेर यो पर्व मनाउने गरेका छन् । एक आपसका मुखमा रङ्ग दलेर होली पर्व मनाइन्छ ।

तस्बिर: केशव गुरुङ