logo
२०८१ बैशाख ८ शनिवार

होली उत्सवमा रङसँगै सुरक्षा (फोटो फिचर)

फोटो फिचर |


2022-03-17-60094
वसन्तपुर क्षेत्रमा सर्वसाधारणले रङ दलेपछि प्रफुल्लताका साथ डिउटीमा रहेका सुरक्षाकर्मी । तस्बिरः मनोजरत्न शाही


काठमाडौं, चैत ३ गते । वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेपछि सुरु भएको होलीको बिहीबार मुख्य दिन हो । रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ । बिहीबार वसन्तपुरमा होली खेल्न पुगेका सर्वसाधारणले त्यहाँ सुरक्षामा खटिएका प्रहरीलाई रङ दलेर होली मनाएका छन् ।

केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि लोला हानेर हैरान पार्नेलाई प्रहरीले पक्राउ गर्नुपर्ने हुन्थ्यो । पछिल्लो समय भने सबैले रङमात्र खेलेर रमाइलो गर्न थालेका छन् । बिहीबार होली उत्सव मनाउन वसन्तपुरमा पुगेका सर्वसाधारणले त्यहाँ सुरक्षामा खटिएका प्रहरीलाई रङ दलेर रमाइलो माहोल बनाएका तस्बिर गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले आफ्नो लेन्समा कैद गर्नुभएको छ ।