logo
२०८१ बैशाख १४ शुक्रवार

साताका सात तस्बिर

फोटो फिचर |


2022-04-02-61255
सङ्खुवासभाको चौकी बजार नजिकै ढकमक्क फुलेको लालीगुराँस । गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ । भविन कार्की/रासस


शुभारम्भपछि भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म चल्ने रेल भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म सञ्चालन उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको रेल । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको भर्चुअल रुपमा शनिबार उद्घाटन गर्नुभएको छ । अजयकुमार साह\रासस

तीन दिने भ्रमणका लागि शुक्रबार भारतको राजधानी दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा, साथमा उहाँकी पत्नी आरजु राणा देउवालगायत । शेखर चौलागाईं

ललितपुरको टीका भैरबाट देखिएको फाँट । यो फाँटमा आलु र जौ लगाइएको छ । कविता थापा

प्रदूषणले ढाकिएको काठमाडौं उपत्यका । सुजन गुरुङ


घोडेजात्राको अवसरमा शुक्रबार नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित कार्यक्रमा घोडाको विभिन्न कला (अश्वकला) प्रदर्शन गरिँदै। रत्न श्रेष्ठ/रासस

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता हुँदै । रोशन सापकोटा, रासस