घुम्ती सुधारले गति लिँदै, दुर्घटना कम हुने आशा (फोटो फिचर)
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७७ बिहीबार
नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा दाउन्ने क्षेत्रमा पर्ने खतरनाक घुम्तीहरु सुधार गरिने भएको छ ।
नारायणगढ – बुटवल सडक खण्डलाई चार लेन बनाइँदै छ । तर , नवलपरासी पूर्व र पश्चिममा पर्ने दाउन्नेको करिब १२ किलोमिटर क्षेत्र भने, तीन लेन मात्रको बन्नेछ । यस क्षेत्रको भौगोलिक बनावटका कारण दाउन्नेमा सडक विस्तारको काम तीन लेन मात्र हुनेछ ।