आमहड्तालले जनजीवन प्रभावित, अवराेध गर्ने करिब ८० जना पक्राउ
गोरखापत्र अनलाइन
माघ २२, २०७७ बिहीबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहट्तालले जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा विहान ९ बजेसम्म करीब २० प्रतिशत सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्न करिब ८० जनालार्ई पक्राउ गरीएको केन्द्रिय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँबरले बताउनुभयो ।