पर्यटक पर्खदैँ नारच्याङको झरना (फोटो फिचर)
गोरखापत्र अनलाइन
माघ ५, २०७७ सोमबार
कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको आगमनको पर्खाइमा छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित झरनाले पर्यटकलाई खुब लोभ्याउँछ । अग्लो पहाडको टुप्पोबाट कलकल झर्ने सङ्लो पानी निकै सुन्दर, आकर्षक अनि मनमोहक देखिन्छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुले झरनालाइ पृष्ठभूमिमा...