चिसोले खोलामा बरफ जम्यो, विद्यालय बन्द, जीवन कष्टकर
गोरखापत्र अनलाइन
माघ २, २०७७ शुक्रबार
चिसो बढ्दै जाँदा बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोको कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको छ । सो क्षेत्रमा संचालित विद्यालयको पठनपाठन बन्द गरिएको छ ।
दिउँसोको समयमा चियो हावा चल्ने र विहान, साँझ र राती बढी चिसो हुँदा स्थानीवासीलाई घर बाहिरको काम गर्न पनि कठिन भएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।