तिहार नजिकिएसँगै मखमली फूलकाे बहार (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
कार्तिक ७, २०७८ आईतवार
सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री तथा गोदावरीको सुगन्धले मगमगाएको छ । तिहार आउन अझै १५ दिन बाँकी छ तर यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी यतिबेला निकै व्यस्त छन् । यस भेगका खेतबारी, करेसाबारी, टनेलका भुुँइ सेता, गुलावी, पहेँला, मरुन रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याई छ ।