मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
चैत्र ४, २०७८ शुक्रबार
हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीको भीड बढेको छ । विगत दुई वर्षको अवधिकै धेरै दर्शनार्थीहरु आउन थालेका छन् ।
कोभिड–१९ को शुरुआत सँगै बन्द भएको मन्दिर अहिले खुला भए पछि दर्शनार्थीको चाप निकै बढेको हो ।
हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको पवित्र तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थीहरु अहिले दैनिक एक हजार पाँच सय भन्दा बढी पुग्ने गरेका छन्– मुस्ताङका प्रमुख जिल्ला अधिकारी...