बाढी पहिरोले ठाउँठाउँमा कटान, सञ्चालनमा समय लाग्ने (फोटो फिचर)
गोरखापत्र अनलाइन
असार ४, २०७८ शुक्रबार
राष्ट्रिय महत्वको कालिगण्डकी करीडोर सडक अन्तर्गतको बेनी जोमसोम सडक खण्ड लगातारको वर्षात्को कारणले ठाउँठाउँमा पहिरो र बाढीले ध्वस्त भएको छ । चार दिनसम्म लगातार परेको वर्षात्ले गर्दा बेनी–जोमसोम सडक खण्डको धेरै ठाउँमा कालिगण्डकीले सडक कटान गर्नुका साथै माथिबाट झरेको पहिरोले क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीका अनुसार बेनी–जोमसोम सडकको भूरुङतातोपानीमा सडक बगेको...