निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी चाप बढ्यो (फोटो फिचर)
गोरखापत्र अनलाइन
असार १, २०७८ मंगलवार
कोभिड–१९ सङ्क्रमण ओरालो लागेसँगै काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि सात गतेसम्म थप्ने निर्णय गरेको थियो ।