दरौंदीको मोटरेवल पुल भत्किँदा गोरखा बारपाक सडक अवरुद्ध (फाेटाे फिचर सहित)
गोरखापत्र अनलाइन
असार १९, २०७८ शनिबार
बाढीले दरौंदी नदीको मोटरेवल पुलेको एक छेउ बगाएको छ । गोरखाको अजिरकोट गाउँपालिका ४ र बारपाक सुलिकोट गाउँपालिका ४ जोड्ने बालुवा बजारमा नजिकै रहेको मोटरेवल पुलको एकपट्टिको भाग बगाउँदा सडक अवरुद्ध भएको छ ।
‘दरौंदी पुलमुनीबाट बग्न छोडेर बालुवा बजारतर्फ बग्न थालेको छ,’ अजिरकोट ४ का वडाध्यक्ष जंगबहादुर गुरुङले जानकारी भन्नुभयो, ‘पुल र पिलरहरु एकतिर छ, खोला अर्को तिर बगेको छ ।’ बाढीले पुलसँग जोेडिएको १२÷१३ मिटर सडक बगाएको...