त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गोरखापत्र अनलाइन
चैत्र १५, २०७८ मंगलवार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायक पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्तङ्कमा हेरफेर गरेर सूची फेरबदल गरेको आरोपमा तत्कालीन प्रमुख कोइरालासहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।