एमालेका विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७८ सोमबार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय विभागका प्रमुखहरुबीच सोमबार बसेको बैठकले सबै विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ ।
एमाले केन्द्रीय कार्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको नेतृत्वमा बसेको यस बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरुको उपस्थिति रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।