प्रदेश १ को नाम‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव : जसपा
रासस
फाल्गुन १०, २०७८ मंगलवार
जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो ।