एमसीसी सम्झौता जनतासमक्ष लगिने : काँग्रेस बागमती प्रदेश
रासस
फाल्गुन १०, २०७८ मंगलवार
नेपाली काँग्रेस बागमती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको काँग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसीसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय तहमा पठाइ जनतालाई बुझाउने निर्णय गरेको हो ।