माग पूरा नभएसम्म एमाले संसदीय छलफलमा भाग लिँदैन : पूर्वमन्त्री अर्याल
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७८ बुधबार
नेकपा (एमाले) का सचिव एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालले एमाले संसदमा पेश हुने कुनै पनि विषयको छलफलमा सहभागी नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रियामा सहभागी हुँदै पूर्वमन्त्री अर्यालले संसदमा पेस भएका कुनै पनि विधेयक तथा छलफलमा एमाले सहभागी नहुने बताउनुभयो ।