महाभियोग विरुद्धमा एमालेले सडक र सदनबाट विरोध जनाउने
गोरखापत्र अनलाइन
फाल्गुन २, २०७८ सोमबार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सत्ता गठबन्धन दलहरुद्वारा संसद् सचिवालयमा दर्ता गराएको महाअभियोगको विरुद्धमा सडक र सदन दुवै ठाउँबाट विरोध जनाउने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।