मिथिला चित्रकला रङ्गाउँदै सुनैना
दीपक श्रेष्ठ
माघ ३, २०७७ शनिबार
मिथिला क्षेत्रको विशिष्ट पहिचान हो– मिथिला कला । मिथिला कलामा मैथिल सभ्यता, संस्कृति र जीवनशैलीले खास अर्थ राख्छ । यद्यपि, शताब्दीऔँदेखि मिथिला क्षेत्रका घर–आँगनमा बनाइँदै आएको मिथिला कलालाई व्यवसायीकरण गर्ने उद्यमी कलाकार हुनुहन्छ– सुनैना ठाकुर ।
खासगरी महिलामाथिका आर्थिक, सामाजिक, यौनिक एवम् लैड्ढिक हिंसाविरुद्ध रङ र कुची चलाउने सुनैनाले जातीय एवम् क्षेत्रीय समनताका पक्षमा पनि आवाज उठाउँदै आउनुभएको छ ।...