कोरोना (कथा)
गोरखापत्र अनलाइन
पुष १८, २०७७ शनिबार
कोरोना महामारीको कारण सङ्क्रमितलाई परामर्श दिने काममा निकै व्यस्त थिएँ । महिना, गते र बार लगभग बिर्सेको थिएँ । हरेक दिन सयौँ फोन, विद्युतीय खाममा सयौँ रिपोर्ट तथा मिडियामा अन्तर्वार्ताको कारण खाना खाने समय पनि आफ्ना लागि थिएन । महामारीमा आमनागरिकमा विद्यमान डर, त्रास, आतङ्क र समस्यालाई सहजीकरण गर्ने काममा म समर्पित थिएँ ।
‘सर, मेरी श्रीमतीलाई ज्वरो आएको सात दिन भयो । रातभर खोकी लाग्छ, ढाडमा सिमेन्टको बोरा राखेजस्तो...