अँध्यारो होइन, ‘बत्तीमुनि उज्यालो’
गोरखापत्र अनलाइन
माघ १०, २०७७ शनिबार
हिजोभन्दा आज र आजभन्दा भोलि उन्नत हुने चाहनाले नै हरेक क्षेत्रमा प्रगति भइरहेको हुन्छ । मानिसको यो चाहनालाई मूर्त रूप दिन समयअनुसारका ज्ञान, सीप, प्रविधि र स्रोत–साधन चाहिन्छ । साथै, गतिलो व्यवस्थापन र सकारात्मक सोच पनि आवश्यक पर्छ । यी तìवहरू किताबका ठेलीहरूमा मात्र होइन, राजनीतिज्ञ, कूटनीतिज्ञ, अर्थशास्त्री, विकासविद्, पत्रकार, ज्येष्ठ नागरिक, सर्वसाधारण आदि समाजका सबै वर्ग र तहका व्यक्तिहरूसँगको औपचारिक तथा अनौपचारिक...