शहीदको मूल्याङ्कन
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
अचानक म त्यस ठाउँमा पुगेँ, जहाँ यसभन्दा अघि कहिल्यै पुगेको थिइन । छुट्टै भौगोलिक बनोट भएको त्यो ठाउँ आकर्षक र मनमोहक रहेछ । त्यहाँका मान्छेहरूले अनौठो किसिमका पोसाक लगाएका रहेछन् । यो देखेर म अचम्मित भएँ । चारैतिर आँखा घुमाएँ । आफूले चिनेजानेका कोही पनि देखिन । मभित्र एउटा भय सिर्जना भयो । फर्कन खोजेँ तर कुनै बाटो नै भेटिन । मैले एकैछिन उभिएर हेरेँ । नदेखेर, नचिनेर वा वास्ता नगरेर हो, मेरो उपस्थितिमा उनीहरूले कुनै पनि...