नेपाल आमाका सपुत
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
एक शताब्दी लामो जहानियाँ व्यवस्थाको थालनीदेखि नै त्यसप्रति असन्तोषका क्रियाकलाप हुन गएका थिए । १०४ वर्षे राणाशासन कालमा नेपालको राजनीतिक रङ्मञ्चमा देखा परेका प्रमुख षड्यन्त्र, हत्या एवं शासनविरोधी गतिविधि दुई प्रकृतिका थिए । पहिलो, व्यक्तिगत रीसइवी, प्रतिशोध वा सत्ता प्राप्तिको उद्देश्यबाट गरिएका क्रियाकलाप थिए । दोस्रो, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली जनताको सामूहिक स्वार्थका निम्ति चालिएका कदम पर्थे...