पाटनले सिँगारिएको बारेकोट
गोरखापत्र अनलाइन
माघ १, २०७८ शनिबार
जाजरकोटको उत्तर–पूर्वमा अवस्थित बारेकोट क्षेत्र वन, वन्यजन्तु, जलाधार, सांस्कृतिक सम्पदा, मौलिक जीवनशैलीको सम्मिश्रणले सिँगारिएको छ । डोल्पा र जुम्ला जिल्लासँग सिमाना जोडिएको यस बारेकोट क्षेत्रका प्राकृतिक स्रोत–साधन र जैविक विविधताको दिगो संरक्षण, सदुपयोग र प्रवद्र्धनका लागि संरक्षित क्षेत्र बनाउने कुरा पटकपटक चर्चामा आउने गरे पनि हालसम्म यसले मूर्तरूप लिन सकेको छैन । विश्वका १२० भन्दा बढी मुलुकमा चरा र तिनको...