आदिवासी ज्ञानको दस्तावेजीकरण
गोरखापत्र अनलाइन
माघ १, २०७८ शनिबार
आधुनिकतासँगै भित्रिएको पश्चिमी विज्ञान र त्यसबाट निस्रित ज्ञानले हाम्रो जीवनशैलीलाई बहुधा सुखमय बनाएको छ । यसबाट मानव जातिको भौतिक उन्नतिको ग्राफ उकालो लागेको लाग्यै छ तर कतिपय प्राकृतिक विपत्तिका सामु आधुनिक समाज घुँडा टेक्न विवश छ ।
बाढीपहिरो, जल–वायु–भूमि प्रदूषण, जैविक विविधतामा ह्रास आदि आधुनिक समाजले भोगिरहेका जल्दाबल्दा जब्बर समस्या हुन् । यस्ता वातावरणीय समस्याहरूले आधुनिक युगको चमकधमकपूर्ण माहोललाई...