विकासको रसायन
गोरखापत्र अनलाइन
पुष २४, २०७८ शनिबार
सहरी क्षेत्रको विकास निर्माणमा रोडा, ढुङ्गासँगै सिमेन्टको प्रयोग व्यापक रूपले बढेको छ । सिमेन्टले आवासलगायत पुल, बाटो, सुरुङ, बाँध, भट्टी, विमानस्थल आदि निर्माणमा सहज भएको छ । सुक्खा जमिन सिँचाइ गरेर उब्जाउ बढाउन पानी चाहिन्छ । पानी ल्याउन नहर बनाउनुपर्छ । नहर बनाउन पनि सिमेन्ट नै प्रयोग गरिन्छ । यति मात्र होइन, बादलमाथि गगनचुम्बी महल बनाई जमिनलाई आकाशमाथि उचाल्न, प्रकृतिमा छरिएका ढुङ्गा, माटो, कोइला, फलाम आदि वस्तुलाई...