बुवाले एक महिनाअघि खसी ल्याउन छाड्नुभयो
गोरखापत्र अनलाइन
आश्विन २५, २०७८ सोमबार
हाम्रो समाज यति छिटो परिवर्तन भइरहेको छ कि हाम्रा चाडपर्वहरू बाल्यकालमा जसरी मनाइन्थ्यो, त्यो अहिले छैन । त्यो बेला मनाइने चाडपर्व र अहिले मनाइने चाडपर्वमा आकाश–जमिनको फरक छ ।
सानो छँदा हजुरबुवाले भन्नुहुन्थ्यो, “बजारमा यति पैसाले लुगा किन्थेँ, यति पैसाले यो किन्थेँ, यति पैसाले त्यो किन्थेँ ।” हजुरबुवाको कुरा सुनेर अचम्म लाग्थ्यो तर पछि थाहा भयो कि यस्ता कुरा निकै प्रिय हुने रहेछन् । हिजोआजका पिँढीलाई पनि मैले मेरा...