दशैंकाे सम्झना : आमाको पछ्यौरी समातेर मामाघर जान्थेँ
गोरखापत्र अनलाइन
आश्विन २५, २०७८ सोमबार
सोह्रश्राद्ध सुरु भएपछि नै दशैँ आउन लाग्यो भनेर रोमाञ्चित हुन्थेँ । घर (विराटनगर) जान पाइन्छ । बुवाको आशीर्वाद लिन पाइन्छ भनेर मन आनन्दित हुन्थ्यो । अहिले पनि दशैँ आउन लाग्दा यस्तै अनुभूति हुन्छ । दशैँमा नयाँ लुगा लगाउने परम्परा बाल्यकालमा मात्र होइन, अहिले पनि यथावत् राखेको छु । नयाँ लुगा लगाएर बुवाको हातबाट टीका थाप्छु । आशिष् लिन्छु । यही आशिष्ले वर्ष दिनभरि काम गर्छ जस्तो लाग्छ । मामाघर जाने, टीका थाप्ने, दक्षिणा...