मुक्तिको स्वरले भरिएका कविता
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७८ शनिबार
तीसको दशकका चर्चित कवि प्रा.डा. विष्णु राईको ‘सूूर्य गिरफ्तार’ नब्बेवटा कविताहरूको सङ्कलन हो । कविता, गीत, कथा र समाजशास्त्रीय अनुसन्धानपश्चात् दशौँ मौलिक कृतिका रूपमा देखापरेको छ, यो ‘सूूर्य गिरफ्तार’ शीर्षकीय कविता सङ्ग्रह ।
प्रतीक र मिथकहरूको कुशल संयोजन छ, यसका अधिकांश काव्य परिप्रेक्ष्यअन्तर्गत । प्रतीकको ‘असीम व्यञ्जना’मा पर्न नसकेका कतिपय सांस्कृतिक सवालहरू लोककथामा आधारित मिथकहरूले, निर्वाह गरेका छन्...