‘बालराजा’ जयपृथ्वीबहादुर
गोरखापत्र अनलाइन
भाद्र ५, २०७८ शनिबार
राणाकालमा नेपाल केन्द्र र स्थानीय गरी दुइटा राज्यप्रणालीबाट सञ्चालित थियो । केन्द्रमा राणाहरू थिए, स्थानीय स्तरमा स्थानीय रजौटा । प्रायः स्थानीय राजा–रजौटाहरूको नाता सम्बन्ध राणा र शाहहरूसँग थियो । उनीहरूको रहनसहन भेषभूषा र शासकीय शैली राणाहरूसँगै मिल्थ्यो । वर्तमान सुदूरपश्चिम त्यतिबेला बझाङ, बाजुरा, थलारा, डोटी, अछाम, दर्ना र धुलीकोट राज्यहरूमा विभाजित थियो । सुदूरपश्चिमेली जनतामाथि केन्द्र र स्थानीय गरी दोहोरो...