तराई छ नि डोल्पामा
गोरखापत्र अनलाइन
श्रावण ३०, २०७८ शनिबार
जुफालमा हरेक दिन बिहानैदेखि आफ्नै खालको वातावरण झल्किन्छ । स्याउ, ओखर बेच्नेहरूको बजार हुन्छ ।
शाहीको आँगनमा हामी बसेका छौँ । हामीसँग अरू निकै पहेँला त्रिपाल गाडिएका छन् । टेन्टको जिपर स्वार्र लाग्छ । फेरि खुल्छ । यी त्रिपालमा महिनौँदेखि बसेका छन्– ओखलढुङ्गा, खोटाङ, सोलुका शेर्पाहरू ।
‘जहाजबाट आउँदा खर्च जोगिँदैन । कम्पनीले सामान हालेर गाडी भएर पठाएको । बीस दिन भो आएको,’ खोटाङका नरबहादुर गिरीले भने । गिरीसँगै अरू...