कथा : प्रेम थेरापी
गोरखापत्र अनलाइन
भाद्र १९, २०७८ शनिबार
‘‘लौन, के भो मेरा आँखा ?’’ आमाको करिब–करिब कहालिएको आवाजले झसङ्ग भएर बिउँझियो ऊ । जुरुक्क उठ्यो, घडीसमेत हेरेन र आमा भएको ठाउँतर्पm लम्कियो ।
सुत्ने खाटमा आमा थिइनन्, भुइँमा थिइन् र उठ्न खोज्दै आँखा मिच्दै थिइन् । आमाको छेउमा पुग्दा पो आभास भयो उसलाई, उज्यालो त्यति खुलिसकेको थिएन ।
‘‘लड्नुभयो कि क्या हो आमा ?’’ आमालाई बिस्तारै उठायो उसले । उसको प्रश्नको जवाफ आएन आमाबाट, बरु उनको आवाज उस्तै अत्तालिएको थियो, ‘‘राति सुत्दासम्म...