कथा : अनिश्चित यात्रा
गोरखापत्र अनलाइन
जेष्ठ २९, २०७८ शनिबार
सरले आज पनि मुम्बई, दिल्लीका नयाँ कथा भन्लान् –उसलाई यो आस थियो । राति निद्रा परेन, ऊ सखारै सर भएतिर निस्क्यो । सरको हँसिलो अनुहार देख्न पाइएला भनेको त चियापसलमा पुग्दा सर राति नै गइसक्नुभो भन्यो रामले । सरलाई महिनावारी आश्रय दिएको थियो रामले । ऊ यो चियापसलको मालिक हो । ‘राति नै ! सर गए तर राति नै ? किन ?’ यो खबरले ऊ खिस्रिक्क प¥यो । केही नभए सरले उसलाई खास आफ्नो मानिस मान्थे । सरसहयोग केही गरेका थिएनन् तर महिना पन्ध्र दिनमा...