गुडबाई राजेन्द्र सर
गोरखापत्र अनलाइन
जेष्ठ १५, २०७८ शनिबार
राजेन्द्र सर,
अक्षरहरूमा हामीलाई छाडेर, अझ भनौँ अक्षरहरूमा मात्र आफू बाँचेर तपाईंको यो महाप्रस्थानलाई मेरो ब्रह्मले पटक्कै पत्याउन सकेको छैन ! नपत्याए पनि, पत्याउन नमाने पनि यही अन्तिम सत्य त छ अहिले हाम्रा अगाडि ! तपाईंलाई औपचारिक श्रद्धासुमन लेख्न हात कामिरहेका बेला कसरी पोखूँ म तपाईंको विराट् व्यक्तित्वलाई ! हो, म स्तब्ध छु, निःशब्द छु !
इलामको क्याम्पस प्रमुखदेखि त्रिभुवन विश्वविद्यालयको प्राध्यापक