च्छो रोल्पाको रोमाञ्चक यात्रा
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७८ शनिबार
जुन दिन ‘च्छो रोल्पा’को नाम सुनेँ, सुनेको दुई हप्तापछि त्यो ठाउँमा पुग्ने भाग्यमानी मान्छे हुँ म । कुरो २०५५ सालतिरको हो, नेपालका सबै पत्रपत्रिका, रेडियो, टेलिभिजनले च्छो रोल्पा ताल फुट्दै छ, यसले नेपाल र भारतका केही भू–भागलाई असर गर्छ भन्ने आÞसयका समाचार पस्किरहेका थिए । समाचार पढेर, सुनेर छक्क परिरहेको थिएँ । जाबो एउटा ताल फुट्दा पनि नेपाल र विहारसम्म असर गर्ला त भनेर विश्वस्त हुन सकिरहेको थिइनँ । तर, मिडियाले लेखिरहेका...