logo
२०८० चैत्र १६ शुक्रवार

हिमालको फेदीबाट झार्दै भेडीगोठ, वार्षिक ३० लाखसम्म कमाइ

समाज |
फोटो फिचर |


2020-11-08-26185


ठाकुरप्रसाद आचार्य
कात्तिक २२ गते । चिसो बढेसँगै धौलागिरी,नीलगिरी र अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाहरुमा हिँउ बाक्लिदैछ । चरनका लागि हिमालको फेदैमा पुगेका भेडाहरु विस्तारै तलतिर ओर्लिदैछन् । भेडा तल झर्न थालेपछि भेडापालक किसानहरु गोठ सार्ने तरखरमा छन् ।
हिमाली चरनक्षेत्रमा पाइने जडीबुटी खाएर भेडा बेँसीतिर घाम ताप्न झर्ने गर्दछन् । चैत वैशाखतिर उकालो लागेका भेठीगोठ अचेत तल बेंसी झर्न थालेका हुन ।
म्याग्दीको खोप्रालेक लगायतका लेकाली क्षेत्रहमा करिब दुईदर्जन भेडापालक किसानहरुले सात हजारभन्दा बढी भेडा पालेका छन् । भेडापालनबाट किसानले लोभलाग्दो आम्दानी गरेका छन् । वार्षिक रुपमा १० देखि ३० लाख रुपियाँ सम्म आम्दानी हुने किसानहरु बताउँछन् ।
धौलागिरि गाउँपालिका ५ मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्यालले यतिखेर धौलागिरी आधार शिविर नजिकैबाट भेडा गाउँको शिर पुतलीडाँडा नजिक ल्याउनुभएको छ ।
बैशाख महिनामा उकालो लागेको भेठीगोठ हिमालको नजिक बुकी क्षेत्रसम्म पु¥याएर तल झार्दै हुनुहुन्छ । उहाँका करिब पाँचसय भेडा छन् । २२ वर्ष मलेसियामा रोजगारीको क्रममा समय बिताउनुभएका ४५ वर्षीय छन्त्याल तीनवर्ष अघि गाउँफर्किएर पचासलाख लगानीमा भेडापाल्न थाल्नुभएको हो । लगानी बढाएर भेडाको संख्या बढाउने सोचमा छन्त्यालले हुनुहुन्छ ।
छन्त्यालले वर्षमा ३० लाख भन्दा बढीका भेडा विक्री गर्नुहुन्छ । यसवर्षको दशैंमा मात्रै १७ लाखका भेडा बिक्री गरेको उहाँले बताउनुभयो । बाउबाजेको पुर्खौली पेशालाई निरन्तरता दिन छन्त्याल मलेशियाको रोजगारी छाडेर गाउँ फर्किनुभएको हो । छन्त्यालसहित मल्कबाङका ३ जनाले व्यवसायिक रुपमा भेडापालन गरेका छन् ।
यस्तै अन्नपूर्ण गाउँपालिका ५ खोप्रामा १० वटा भेडीगोठहरु छन् । शिख,घारा र पाउद्धारका भेडापालन कृषकहरुको चरन क्षेत्र भनेको खोप्रा र खयरलेक हो । खोप्रालेक पर्यटकीय स्थल पनि हो । यहाँ मात्रै करिब ३ हजारभन्दा वढी भेडा छन् । यहाँ पुग्ने पर्यटकहरु भेडीगोठ हेर्न र अनुभव लिन एकरात भेडीगोठमै बास बस्ने गर्दछन् । भेडा खरिद गर्न व्यपारीहरु भेडीगोठमै पुग्छन् । उत्पादन भएका भेडा विक्रीका लागि कुनै समस्या छैन भेडापालक किसान छन्त्यालले भन्नुभयो, ‘ चरन क्षेत्रमै आएर प्रति भेडा १५ देखि २५ हजार रुपियाँसम्ममा खरिद गरेर लैजाने गर्दछन् ।’