logo
२०८१ बैशाख २५ मंगलवार

साताका सात तस्बिर

समाज |
फोटो फिचर |


2022-02-19-58120
तस्बिर सुजन गुरुङ


मुगु जिल्लाको मुर्मा गाउँमा परम्परागत चिलिममा तमाखु तान्दै बैसागी रोकाया । गाउँघरमा खेती किसानी र वस्तुभाउ पाल्ने ५३ वर्षीया रोकाया क्यामेरा देखेपछि मन खोलेर हाँस्नुभयो । सो क्षेत्रमा महिला तथा पुरुष दुवैले तमाखु सेवन गर्ने गर्दछन् । सुजन गुरुङ

सप्तरीको कञ्चनपुर क्षेत्रको मनोरम दृश्य । सागर बस्नेत

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने माधवनारायण मेलाको अन्तिम दिन बुधबार भक्तपुरको हनुमानघाटमा स्नान र पूजाआज गर्दै ब्रतालु । सुजन गुरुङ

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा शुक्रबार राजधानीको नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा टायर बाल्दै नेकपा समाजवादीको भातृ संगठन युवा संघका कार्यकर्ता । सुजन गुरुङ

एमसीसीको विरोधमा भएको प्रदर्शनको सुरक्षामा सहभागी सुरक्षाकर्मी । बुधबार राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सुरक्षाका लागि खडा भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल । एमसीसीको विरोधमा प्रदर्शन चर्किएपछि संसद भवनको सुरक्षा घेरा कडा बनाइएको हो । सुजन गुरुङ

दशरथ रंगशालामा शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत प्रतिस्पर्धा गर्दै मनाङ र एपीएफ । विकास द्वारे

राजधानीको बानेश्वरस्थित सडकमा थुपारिएको फोहोर । महानगरपालिकाले वेवास्था गर्दा राजधानीबासी फोहोर टेकेर हिँड्न बाध्य छन् । कविता थापा