logo
२०८१ बैशाख २० बिहीवार

तस्बिरमा १२ वर्षे श्वेतकाली जात्रा

समाज |
फोटो फिचर |


2022-03-28-60873
तस्बिर : मनाेजरत्न शाही


काठमाडौं, चैत्र १४ गते । नरदेवीमा १२ वर्षे जात्रा सञ्चालनको अनौठो प्रक्रिया छ । बाह्रवर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेतकाली) देवीनाचसहित विभिन्न देवीदेवताको नाच प्रस्तुत गर्ने गरिन्छ । हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो । सो नाच अन्तर्गत विशेष देवीनाचपर्व मनाउने परम्परा छ ।
बाह्र वर्षको जात्रामा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ । सुरुमा क्षमा पूजा, कलश साधना पूजा भइसकेको छ । बाह्र वर्षको जात्रा आफैंमा विशेष छ । हरेक वर्ष पाहाँ चर्हेँको दिन डबलीमा नरदेवी निकाल्नुपर्छ । १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवता निकालिन्छ । तर १२ वर्षमा १७ जना देवी देवताको नाच प्रस्तुत गर्ने चलन छ ।

‘ङतभुलु अजिमा’ जात्राको ‘ताभुज’ बाजाका सदस्य राजप्रकाश तुलाधरका अनुसार लोक उद्धारका लागि ‘च स्वा’ फूलबाट नरदेवी निस्किनुभएको भन्ने किम्बदन्ती छ । ‘देवीलाई समस्त देशका मानिसलाई उद्धार गर्ने देवी भएर नरदेवी भनिएको  उहाँले भन्नहाुभयो ।
उहाँ भन्नुहुन्छ, त्यो समयमा नरदेवी शक्ति पीठको रुपमा थिए । गुणकामदेवको पालामा काठमाडौं उपत्यका बनाउने क्रममा भित्रि भाग जस्तै, (कुला भुलु, असं भुलु)मा त्रिकोण आकारको देवता राख्ने चलन थियो । मुख्य शहरअन्तर्गत पर्ने मन्दिरहरु मध्य श्वेतकाली माता पनि गुणकामदेवको पालामा स्थापना भएको भनिन्छ ।
तर विभिन्न देवी देवताका मुकुट लगाएर नाच देखाउने चलन अमर मल्लको पालामा भएको उहाँ बताउनुहुन्छ । जात्रालाई अझै राम्रो बनाउने काम भने रणबहादुर शाहले गर्नुभएको अभिलेखमा उल्लेख गरिएको छ ।