logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख सङ्क्रमित

अन्तर्राष्ट्रिय |


राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख सङ्क्रमित


पेरिस, चैत २३ गते । फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन् ।

नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको हो ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना सङ्क्रमित भएका छन् ।

फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना सङ्क्रमितहरू अस्पतालमै रहेका छन् । ती मध्ये एक हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाभाइरसका कारण कम्तीमा १४० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यही मार्च २५ देखि ३१ सम्मको दैनिक सङ्क्रमितहरूको सङ्ख्याका आधारमा हेर्दा औसतमा एक लाख ३९ हजार ९६७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

फ्रान्समा रहेका व्यक्ति मध्ये ८०।९ प्रतिशतले कोरोनाभाइरस विरुद्ध कम्तीमा एउटा खोप लगाएका छन् । कुल जनसङ्ख्याको ७९।५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?