logo
२०८० चैत्र १५ बिहीवार



जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

अन्तर्राष्ट्रिय |


जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान


अम्मान, चैत २८ गते । जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो ।

यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गर्नुभएको बताएको छ ।

उहाँको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्वितीयले जोर्डनको मन्त्रिपरिषदको उपस्थितिमा यहाँको कार्यकारीका रुपमा सपथ लिनुभएको छ । सो कुरा उक्त कोर्टले विज्ञप्तिमार्फत् आइतबार जानकारी दिएको छ । राजा उपचार गरेर नफर्किँदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषदले उहाँलाई सपथ गराएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?