कानूनी अड्चनका कारण नागरिकता लिन समस्या
रासस
कार्तिक २०, २०७७ बिहीबार
कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ । नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्नेलगायतका कानूनी प्रावधान भएका कारण जिल्लामा नागरिकता बनाउन आउने सेवाग्राही रित्तो हात फर्किन थालेका छन् । दुई दिन लगाएर नागरिकता लिन आएकाहरु जिल्ला प्रशासनमा माग्ने कागजात तथा ढिलो गरी...